नेपाली जनप्रगतिशिल माच U.A.E का क्षेत्रिय भेलाहरु सम्पन्न रमेश बेल्बासे आबधाबी
आइतबार,फेब्रुअरी ,०७,२०१०
|
U.A.E मा रहेका सम्पुण प्रगतिशिल प्रबासी मजदुरहरुको प्रतिनिधि सस्था नेपाली जनप्रगतिशिल माचU.A.Eअन्तर्गत आब’धाबी क्षेत्रीय समितिको एकताभेला ५ फेब्रअरी २०१० मा डि बि राउतको अध्यक्षतामा २१ सदस्य कार्यसमितिको चयन गर्दै सम्पन्न भएकोछ । आफनो स्थापना कालदेखिनै बिभिन्न सामाजिक कार्य गरेर निकै लोकपि्रय रहेको नेपाली जनप्रगतिशिल माच U.A.Eर अर्को सस्था प्रगतिशिल प्रबासी माच बिच गत बर्षको सेप्टेम्बरमा केन्द्रिय स्तरमा एकता पश्चात क्षेत्रीय स्तरमा पनि एकता सम्भब भएको हो। सर्बसम्मत रुपमा चयन गरिएको कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रामचन्द्र सापकोटा सचिब चन्द्र गरुग सहसचिब राज भसाल कोषाध्यक्ष सरु थापा लगायत अन्य सदस्य रहेकाछन।
भेलालाई सम्बोधन गर्दै U.A.E अतिथि माचका केन्द्रिय उपाध्यक्ष उत्तम अधिकारीले समसामयिक प्रशिक्षण दिदै संगठनको आगामी कार्यदिशा बारे स्पष्ट पारेकाथिए । एकताभेलाद्धारा नब निर्बाचित क्षेत्रिय समितिलाई बधाई तथा श’भकामना दिदै उनले संगठनलाई कामकाजी बनाउदै सगंठन बिस्तार र प्रबासीहरुको बृहत्तर हितको लागी काम गर्न आग्रह समेत गरे । उक्त भेलामा बरिष्ठ सल्लाहकार सदस्य भिम पौडेल लगायत अन्य केन्द्रिय पदाधिकारीहरुको पनि उपस्थिति थियो । नबनिर्बाचित केन्द्रिय समितिको तर्फबाट प्रतिदद्धता ब्यक्त गदै डि बि राउतले उपस्थित सम्पर्ण अतिथि र सहभागीलाई धन्यबाद ब्यक्त गरेकाथिए । उक्त भेला रामचन्द्र सापकोटाको सभापतित्व र चन्द्र ग’रुगंको साचालनमा भएकोथियो । |