S K Nepal News Service.:. Updated Every Moment!
sknepal   sknepal
नेपाली   Nepali
गृहपृष्ठ | About Us| बिज्ञापनको लागि | समाचार पठाउनुहोस् | सेभ गर्नुहोस्
ताजा खबर »
माओवादीका अध्यक्ष पुष्पकमल दहालद्धारा अमेरिका,बेलायत र फ्रान्सका राजदुतहरुसँग भेट     सन्तानब्बे औं वीपी जयन्ती, बाह्रौ महाधिवेशनको संघारमा संस्थापक नेताको सम्झना गरिँदै      काठमाडौंबाट सल्यान जाँदै गरेको बस धादिङ्मा दुर्घटना,करिव बीस जना घाइते     राज्यद्वारा गैर न्यायिक हत्या गरिएका धनुषाका पाँच जनाको शवको अवशेष फेला     SK Nepal मिति : २०६७ भाद्र २५, विहीवार
दैनिक पत्रपत्रिका
गोरखापत्र
कान्तिपुर
नेपाल समाचारपत्र
अन्नपूर्ण पोष्ट
राजधानी
नयाँ पत्रिका
द हिमालयन टाइम्स्
नागरिक
मनोरन्जन भिडियो
Video News
कोरियामा रोधी सांगीतिक सौगात भाग २
यो भिडियो हेर्नुहोस् ।
थप भिडियोहरु

Ads

Ads

Ads

Ads


अनलाईन् समाचार
फ्रान्स नेपाल इन्फो
अष्ट्रेलिया नेपाल न्यूज
हाम्रो समाज डट नेट
नेपाली पोस्ट डट कम
जनपुकार डट कम
नेपाल ब्रिटेन डट कम
नेपाल होरिज़ोन्स डट कम
नेपाल दुबई डट कम
नेपाल जर्मन न्यूज
मलाय नेपाल डट कम
मेरो संसार डट कम
नेपाल न्युज डट् कम्
हिमाल खबर अनलाइन्
एबिसि समचार
नेपाल जापान डट कम
डिसी नेपाल डट कम
ब्रुसेल नेपाल डट कम
फ्री नेपाल डट कम
अनलाइनखबर डट कम
नेपालब्रिटेन डट कम
प्रबासी नेपाली डट कम
अर्घाखाँची डट्कम
नमस्ते युरोप डट कम
नेपाली न्युज यु एस् ए
कृष्णशेन अनलाईन
ई ज़माना डट कम
नेपाल अरब ड्ट् कम्
नेपाल कुबेत डट कम
अनलाईन् रेडियो
बीबीसी नेपाली सेवा
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कांतिपुर एफ एम
अन्तराष्ट्रिय समाचार
बीबीसी
सीएन्एन्
जापान टाइम्स्
द टाइम्स् अफ इण्डिया
टाइम एशिया म्यागेजिन
टाइम म्यागेजिन
नेपाली टेलिभिजन
कान्तिपुर टि.भि.
सगरमाथा टेलिभिजन
च्यानल नेपाल
इमेज च्यानल
नेपाल टेलिभिजन
एभिन्यूज
एन आर एन युरोप दोश्रो महिला सम्मेलन अवधारणा तथा घोषणा पत्र

पुरुशोत्तम सुबेदी - प्रवासि पत्रकार सन्जाल बेल्जियम संयोजक
मंगलबार,मार्च ,०९,२०१०

Image

गत ६ फेब्रुअरी शनिबारको दिन बेल्जियममा अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद्को वाषिर्क कार्यक्रम अर्न्तगत आयोजित "शान्त र समृद्ध राष्ट्र निर्माणको लागी प्रवासी नेपाली नारीको एक मात्र ध्यान ।राष्ट्र विकास निर्माणका नारी एकजुट भै सदैव देखाउछौं विश्वमा शान । ।

भन्ने मूल नाराका साथ दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलन भव्यता साथ सम्पन्न भएको छ । उक्त युरोप स्तरिय दोश्रो महिला सम्मेलनमा वर्तमान नेपाल सरकारका उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा युरोपका बिभिन्न देश लगाएत अमेरिकामा बसोवास गर्दै आएका समाज सेवी एबं बरिस्ठ नेपाली शिक्षित नारीहरुको अत्यधिक सहभागीता रह्यो । सो समारोहमा महिला बाहेक अन्य बिभिन्न स्थान बाट बिभिन्न संघ संस्थाका बिभिन्न पदिय जिम्मेवार पुरुषहरु लगाएत परीवेक्षक बुद्धीजिवीहरुको समेत उल्लेखनिय सहभागीता देखियो ।

सो दिन सम्मेलनमा सहभागी सचेत प्रवासि नारीहरुले प्रवासमा नेपाली नारिहरुको सामाजिक दाइत्व, अवसर , चुनौती लगाएत प्रवासबाट नेपालीनारिहरुले आफ्नो मात्रीभुमिलाई दिनु पर्ने योगदान नारी अधिकार, बाल अधिकार , स्वास्थ्य शिक्षा , खुश मन , तथा प्रवासमा नारि स्वरोजगार, अनुशासन ,सद्भभाव, साहित्य प्रती महिला अभिरुची , खेल तथा ब्यायम ,महिलाहरुको सामाजिक राजनितिक एबं पारिवारीक सहभागीता दाइत्व , प्रवासमा आफु बसेको देशमा भए गरेका नेपाली सामाजिक कुरितिहरु आदी इत्यादी बिषयमा समारोहका वक्ता महिलाहरुले आ-आफ्नो अवधारणा तथा कार्यपत्र प्रस्तुत गरे ।

आफ्नो अवधारणा प्रस्तुत गर्दै सर्वप्रथम पोल्यान्डमा बसोवास गर्दै आएका नेपाली महिला डा: एलिना सुबेदीले सोही दिनको सम्मेलनमा आफु स्वास्थ्य कर्मी भएको नाताले प्रवासका बिभिन्न देशमा रहदै आएका ईलिगल नेपालीहरुको स्वास्थ्य स्थिती निकै नाजुक अवस्थामा रहेको तर्क गर्दै आफु बिरामी हुंदा पनि सम्बन्धित निकाय संग उपचारका लागि पुग्न असमर्थ नेपाली हरुको ब्यथा ब्यक्त गर्दै यस्तो ईलिगल अवस्थामा रहेका प्रवासि नेपालीहरुलाई समाजका सबै खाले समुदायले सहयोग गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । साथै उहांले अर्को समस्या प्रवासि नेपालीहरुका लागि भाषाको पनि उत्तिकै समस्या रहेको जानकारी गराउनु भयो । साथै उहांले नेपाली नेपालीकै लागि सामाजिक क्षेत्रमा उत्रिनु पर्नेमा जोड दिनुका साथै मनिस स्वास्थ्य रहन दिनहुं माछा मासु फलफुल हरिया सागपात खानु पर्ने लगायत हरेक हप्ता २ देखी ३ घंटा ब्यायम गर्नु पर्ने जस्ता स्वास्थ्य बर्धक शिक्षा तर्फ अवगत गराउनु भयो ।

त्यस्तै अर्का फ्रान्सका अथिति महिला वक्ता अनुराधा पौडेलले समाज सुधार बारे सभापति भनिने ठाउमा अध्यक्ष हुनु पर्ने , ४० लाख भारतीयहरुलाई नेपालमा नेपाली नागरिकता बांढ्ने ? सच्चा नेपालीहरुलाई नागरिकता नदिने ? भन्दै नेपाली राजनीतिज्ञको यथार्थ कमजोरिको टिप्पणी गर्नु भयो । साथै उहाले फ्रान्समा १५०० देखी २००० को हाराहरिमा नेपालीहरुको बसोवास रहेको, जस मध्य ४० प्रतिसत महिलाहरु रहेको , तर ब्यावसायिक रुपमा हाल सम्म ३ जना महिलाहरु मात्र संलग्न रहेको जानकारी गराउनु भयो ।

त्यस्तै बेल्जियमका महिला यमुना रोकामगर बाट आफ्नो कार्यपत्र प्रस्तुत गर्दै २१औं सताब्दिमा पनि सामाजिक उत्पिडन बाट बिछिप्त भइ बिभिन्न देशमा पलाएन हुन वाध्य भएका नेपालीनारीहरु प्रावासमा रहेपनी अझै पनि सामाजिक एबं आर्थिक समस्या बाट माथि उठ्न सकिरहेका छैनन भन्दै बिगत केही बर्ष पहिले छोरीलाई पढाउनु हुन्न भन्ने नेपाली समाजमा अहिले नेपाली नारिहरु आफ्नै जोस र जांगरमा शिक्षा छेत्रमा पनि अगाडि बढेकोमा खुशी ब्यक्त गर्दै रेडियो टिभिमा एन आर एन महिला सम्बन्धी बिभिन्न कार्यक्रम प्रसारण गर्नु पर्ने महत्व पूर्ण बिचार ब्यक्त गर्नु भयो ।

बेलायत बाट आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पिप्ला देवान (पान्डे)ले बेलायतमा ८० हजार नेपालीहरुको बसोवास रहेको रहेपनी अझै त्यहा भाषाको

ठुलो समस्या रहेको ,नेपाली समाजमा हाल केही हदमा आफ्नो बाबु आमाले छोरा र छोरी लाई समान ब्यवहार गरे पनि बाहिर नेपाली समाज मा सामाजिक कुरितिहरु अझै प्रसस्तै रहेको चर्चा गर्नु भयो । त्यस्तै स्विजरल्यान्डका बिजया भट्टले समयको ख्याल गर्दै आफुले ल्याएको कार्यपत्रलाई थाती राख्दै बिदेसिएका राजा नामको कबिता मात्र बाचन गर्नु भयो ।

अमेरिका बाट डा. विद्या रञ्जितले अझै पनि हामी नेपाली नारिहरुले सामाजिक तथा राजनीतिक स्वतन्त्रता प्राप्त गरी सकेका छैनौं भन्दै नेपाली समाजमा नारी शोसण भएको , साथै गल्फ मुलुकका नेपाली नारीहरु लाई परेको अन्याय ,पिडा प्रती विश्व नेपालीको ध्यान आकर्सण हुन जरुरी भएको , साथै नारी लाई पुरुसहरुले अवला नारीहरुलाई सेक्सको साधान मात्र बनाएको आरोप लगाउनु भयो ।

जर्मनिका कलाकार अथिति कल्पना दाहाल नेपाली कला लाई नेपाली चिनारीको लागि विश्वमै फैलाउनु पर्ने अवधारणा ब्यक्त गर्नु भयो । साथै उहाले पुरुसहरुले नारिहरुलाई अग्रगमन तर्फ डोर्याउनमा मद्धत पुर्याउन पर्नेमा जोड दिनुका साथै सबै मिलेर आफ्नो गाउ आँफै बनाउन आवश्यक रहेको तर्क प्रस्तुत गर्नु भयो ।

बिचमा जर्मनिका अर्का न्रित्यकार (कलाकार)मनिषा गौतमले म प्यार बेची दिन्छु , म आशु बेची दिन्छु , दिल बेची दिन्छु , भन्ने गीतको बोलमा ब्रिसनै नसक्ने न्रित्य प्रस्तुत गरी उपस्थित सबैको मन मुग्ध बनाइदीन ।

त्यस्तै बेल्जियमका मिना शर्मा मानन्धरले १९औं सताब्दिमै १५००० नारिहरुले अमेरिकाको न्योर्क शहरमा नारी आन्दोलन गर्को स्मरण गराउदै सुरुदेखिनै नारी दिवसको जग बलियो भएको तर्क गर्दै नेपाल सरकारले अन्तरास्ट्रिय ह्युमेन राइट संगठनको माइन्युट हस्ताक्षर गरे पनि तर त्यस्तो ब्यवहार लागु नगरेको आरोप लगाउनु भयो । साथै वर्तमान परिस्थितीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाललाई बिदेशी रेमिटेन्सले सहयोग पुर्याएको धारणा ब्यक्त गर्दै प्रवासमा नेपालीहरु लाई आइ पर्ने बिभिन्न सानाठुला समस्याहरु एन आर एन ले नै समाधान गर्न पहल गर्नु पर्ने तर्क पेस गर्नु भयो । बेल्जियमका जानकी गुरुङले अरु कसैको टिका टिप्पणी गर्नु भन्दा पनि नारी समस्या समाधान तर्फ सबै मिलेर लाग्नु पर्ने तर्क गर्दै आगामी दिनमा यसकाले कार्यक्रमलाई संस्थागत गर्दै नारी जाग्रिती अगाडि बढ्ने द्रिढता ब्यक्त गर्नु भयो । त्यस्तै अर्का महिला वक्ता शुशिला पराजुलिले नेपालमा बर्ग बिहिन समाजको आवस्यता रहेको भन्नेमा कुरामा जोड दिनु भयो ।

कार्यक्रम संचालिका बेल्जियमका सरस्वती चापागाइले नेपाको ग्रामीण क्षेत्रमा महिला दमन, हिंसा ,अत्याचार , बलत्कारले सिमा नाघेको ,ब्यवहारमा नारी भेदभावले नेपाली समाज अझै पछी परेको ,प्रवासी नारिहरु न शिप मुलक छन ,न त शुरक्षित नै , ३० लाख नेपाली देश भन्दा बाहिर रहे पनी हाम्रो मन नेपाली हाम्रो पन नेपाली हामी नेपाली भएरै बाँच्न चाहन्छौं भन्नु भयो । त्यस्तै बेल्जियमका महिला शुस्मा भुसालले बर्ग संघर्समा आफु निरन्तर लागि रहने बताउदै गत बर्ष फ्रान्समा नारिले नारी अपमान गरेकोमा दु:ख ब्यक्त गर्दै महिलाले महिलाकै खुट्टा तान्ने प्रब्रितिले केहीले नारी उत्थान हुन्छ ? भन्ने तर्क पेस गर्नु भयो ।

बेल्जियमका महिला कल्पना मगरले आयोजकले अझै पनि महिला भेदभाव गरेको, एन आर एन फ्रान्सले महिला सहभागीतामा ध्यान नदियको भन्दै उहाले मातृभूमी नेपालको राष्ट्रिय खतरा प्रती सबैको चासो हुनु पर्नेमा जोड दिनु भयो । साथै उहाले २००४ अघी साल सम्म नेपालमा महिला मताधिकार नभएको टिप्पणी गर्दै अझी पनि पुरुष बर्गले महिला हक माथि कुठाराघात गर्दै आएको तर्क प्रस्तुत गर्नु भयो ।

नेपाली दूतावासका राजदूत महामहिम श्री प्रमेशकुमार हमालले दोश्रो यूराप स्तरीय महिला सम्मेलन बेल्जियम आयोजना हुँदा आफूले गौरव महशुस गरेको वताउनुहुँदै महिला दिवसको अवसरमा आयोजित यस कार्यक्रम मार्फ सम्पूर्ण नेपाली महिलाहरुलाई सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो । नेपालको संविधान सभामा एक तिहाई महिला प्रधिनिधिहरु सहभागी हुनु शासन प्रक्रियामा महिला सहभागीताको सफल सन्देश हो भन्दै यस सम्मेलनले समान काम, समान ज्याला र आफूले आर्जन गरेको सम्पत्तिको संरक्षण आफूले गर्न पाउने सन्देश ल्याओस् भन्ने कामना गर्नुभयो । साथै आफू र दूतावास महिला सम्वन्धी आईपर्ने समस्या समाधान गर्न सदैव तत्वर रहेको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमका महिला संयोजक श्रीमति उषा शर्माले उपस्थित सवैलाई हार्दिक स्वागत गर्नुहुदै विश्वमै महिला हिंसा, दमन,अत्याचार , उत्पीडनको अन्त्य गर्नको निम्ति नेपाल सरकारले यथा शिघ्र कदम चाल्नु पर्ने आग्रह गर्दै नेपाली महिला कामदारहरुलाई वैदेशिक रोजगारमा पठाउँदा मानवअधिकारको राम्रो प्रत्याभूति भएको देशहरुमा मात्र पठाउन नेपाल सरकारसँग माग राख्नु भयो । त्यस्तै उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइराला परराष्ट्रमन्त्रालयमा भएकै वेला एन.आर.एन. महिला सेलको व्यवस्था गरी प्रत्येक देशमा रहेका नेपाली दूतावासमा समेत त्यस्तो व्यवस्था गरिदिन मन्त्रीसँग आग्रह गर्दै महिला उत्पीडनका विषयमा व्यवहारिक रुपमा छिटो छरितो रुपमा सहयोग गर्न अनुरोध गर्दै सवैलाई एउटै छातामा अट्न सक्ने खालको नयाँ संविधान वनाउन प्रवासी महिलाहरुको तर्फ बाट आवाज उठाउनु भएको छ ।

त्यस्तै एन आर एन भिस्म पितामह उपेन्द्र महतले एन आर एन र देशको एउटै समस्या नभै एन आर एन को छुट्टै समस्या र मुलुकको अर्कै समस्या रहेको कुरा बताउनु भएको छ । हामीले पहिले एन आर एन को समस्या समाधान तर्फ लाग्नु पर्छ । त्यस पछी आफ्नो देशको समस्याको खोजिमा लाग्नु पर्ने कुरा बताउनु भयो । प्रवासमा राम्रा संस्थाहरु जती धेरै भए पनि केही हुँदैन । नराम्रा संस्थाहरुले समाजको सबै संरचना बिगारी दिन्छन भन्नु हुँदै एन आर एन छाता होइन यो त सबैको साझा संगठन हो भन्नु भएको छ । साथै उहाले मानिस कहिलेही पनि अतिवादी हुनु हुँदैन भन्ने तर्क प्रस्तुत गर्नु भयो । आफुले ६ बर्ष सम्म लगातार गाली खांदै काम गरेको कुरा सुनाउदै एन आर एन ले छरिएर रहेका नेपाली हरुलाई एकै ठाउमा राखिदिएकोमा खुशी ब्यक्त गर्नु भयो ।

सम्मेलनका दिन समारोहमा बिशेष अथितिहरुमा नेपालबाट आउनु भएका लेखा समितिका सभापति तथा सभासद रामकृष्ण यादव, बेल्जियम राजदूत श्री प्रमेशकुमार

हमाल, संगिता हमाल , बेल्जियम दुतावास उप नियोग प्रमुख दिपक धिताल ,द्वितिय सचिव रिता धिताल , प्रथमा उप्रेती , एन.आर.एन. आई.आई.सी. सदस्य तथा युरोप महिला संयोजक श्रीमती उषा शर्मा, एन.आर.एन. संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, श्री रामप्रताप थापा, यूरोपियन रिजनका संयोजक: हितमान गुरुङ्ग, यूरोपियन रिजनका सह-संयोजक रविन्द्रमान श्रेष्ठ, अन्य अतिथीमा आइ सि सि सदस्य हरिहर अर्याल ,कुमार पन्त ,रमेश त्वयना , मकर हमाल , अर्जुन कुमार श्रेष्ठ हुनुहन्थ्यो त्यस्तै कार्यक्रम सफल पार्न विभिन्न देशवाट आउनुहुने प्रतिनिधि अशोक न्यौपाने -अध्यक्ष( फान्स) ,दिल गुरुङ्ग अध्यक्ष(जर्मनी) ,ओम शर्मा - उपाध्यक्ष (पोर्तुगाल) डा. एलिनी सुवेदी -प्रतिनिधी (पोल्याण्ड), डा. विद्या रञ्जित (अमेरिका) पिपला देवान ( बेलायत) ,श्रीमति विजया भट्ट – उपाध्यक्ष (स्विजरलेण्ड) , अनुराधा पौड्याल(फ्रान्स ) कमला दहाल (जर्मनी)बाट उपस्थिती रहेको थियो । साथै बेल्जियम स्थित महिला संघसंस्थाहरु बाट प्रगतिशील महिला मञ्चको अध्यक्ष कल्पना मगर , एन डि एफ महिला मञ्चको अध्यक्ष इशा गुरुङ्ग,उद्घोसक सरस्वती चापागाइ लगाएत समाजका सचेत नारिहरु आफ्नो कार्यपत्र प्रस्तुतिका लागि उपस्थित थिए । यसका साथै बेल्जियमस्थित विभिन्न राजनैतिक, सामाजिक,, सांस्कृतिक क्षेत्रीय, धार्मिक संघ संस्थाका प्रतिनिधिहरु, एबं समाज सेवी पत्रकारहरु अतिथिको रुपमा सहभागी रहेका थिय ।

उक्त दिनप्रस्तुत कार्य पत्रमा छलफछल गरी सम्मेलनले दोश्रो युरोप क्षेत्रीय महिला सम्मेलन घोषणा पत्र ०६ मार्च २०१० जारी गरेको थियो । त्यस दिन कार्यक्रम हल भिडले खचाखच भरिएको थियो । महिलाहरुको अत्यधिक शहभागीताले एन आर एन दोश्रो युरोप स्तरिय महिला सम्मेलन अत्यन्त सफल भएको तर्क यहाँका समाज सेवी तथा बुद्धीजिविहरुको रहेको छ । साथै कार्यक्रमको भोली पल्ट बिहान १० बजे बेल्जियम नेपाली दुतावास निवासको ब्रेक फास्ट कार्यक्रममा वर्तमान सरकारका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइराला समक्ष युरोप एन आर एन महिला संयोजक श्रीमती उशा शर्माले सम्मेलनले जारी गरेको घोषणा पत्र हस्तान्तरण गर्नु भएको थियो । उक्त घोषणा पत्र यस प्रकार रहेको छ ।

घोषणा पत्र:-

शान्त र समृद्ध राष्ट निर्माणका लागि प्रवासी नेपाली नारीको एक मात्र ध्यान ।

राष्ट विकास निर्माणमा नारी एक जुट भइ सदैव देखाउँछौ विश्वमा शान ।।०६ मार्च २०१० का दिन यसै नाराका साथ नेपाल सरकारका माननीय उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला ज्यु को प्रमुख आतीथ्यमा एवं एन आर एन महिला संयोजक श्रीमती उषा शर्मा ज्यु बाट संयुक्त रुपमा समुद्घाटन गरिएको दोश्रो युरोपीयन महिला सम्मेलन २०१० घोषणा पत्र जारी गर्दछ ।

विषेश उपस्थिती:-

सभासद, लेखा समिति सभापति राम कृष्ण यादव, राजदुत प्रमेश कुमार हमाल, प्रमुख संरक्षक डा. उपेन्द्र महतो , संरक्षक राम प्रताप थापा , संयोजक युरोप क्या. हितमान गुरुड , सह संयोजक रविन्द्रमान श्रेष्ठ ,

प्रस्तुत कार्यपत्रमा छलफलबाट महिलाको उत्थान र विकासको लागि एन आर एन मार्फ अभियानका रुपमा अगाडी बढाउन सम्मेलनबाट निर्देशित बुँदा सहितको घोषणा पत्र यस प्रकार छ :-

१) विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार ५ वर्षभन्दा मुनिका बच्चाहरुको मृत्युदर प्रतिवर्ष१००० मा ७६ जना रहेको र १ लाख आमा सुत्केरी हुने समयमा ७४० जनाको मृत्युदर रहेकाले यस मृत्यु दरलाइ घटाउन नेपाल सरकारले ५ वर्षभन्दा कम उमेरका वाल वालिकालाइ कम्तिमा वाषिर्क एक पटक निःशुल्क जाँच गराउन र सुत्केरी हुन पर्ुव न्युनतम १ पटक गर्भवती महिलालाइ निःशुल्क स्वास्थ्य परिक्षण गराउन नेपाल सरकारका सम्बन्धित नियोग मार्फ पहल गर्ने ।

२) राष्ट्रिय स्वास्थ्य विमा स्थापना गराउन नेपाल सरकारको सम्बन्धित निकायमा पहल गर्ने ।

३ ) आफु बसेको मुलुकमा स्थानीय भाषा सिकेर त्याहाँको स्वास्थ्य , शिक्षा सम्बन्धि तथा सामाजिक तौर तरिकाको बारेमा राम्रेा अध्ययन गर्ने र नेपाली समुदायमा प्रशिक्षित गर्ने तथा नव आगन्तुकहरुलाइ दोभाषेको रुपमा सहयोग गर्ने पहलको शुरुवात गर्ने ।

४) नेपाली समाजका महिलाहरुलाइ सक्षम र सवल बनाउनका लागि देशै भरी एन आर एन महिला छात्रबृत्तिको व्यवस्था गर्ने ।

५) विकसित मुलुकमा महिलाहरुले गरेको प्रगति र नेपाली महिलाहरुले गर्न सक्ने सम्भावना बारे लेख, रचना प्रकाशित गरी प्रोत्साहित गर्ने र सम्भव भए सम्मका ग्रामिण क्षेत्रहरुमा एन आर एन अन्तरकृया कार्यक्रम संचालन गर्ने

६) प्रत्यक वर्षमनाइने अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा हरेक देशका एन आर एनले नारी दिवस मनाउने प्रकृयाको थालनी गर्ने

७) आमाको नाम बाट नागरिकता पाउनु पर्ने व्यबस्थाको संविधानमा सुरक्षित गर्न नेपाल सरकार समक्ष पहल गर्ने

८) नेपाल सरकार बाट जारी गरिएको एन आर एन परिचय पत्र शुल्क घटाउन दवाब दिने ।

९) गैर आवासीय नेपाली संघको ऐनमा आवश्यक संशोधनको लागि आव्हान गर्ने ।

१०) आजको यो सम्मेलनले नेपालमा दिगो शान्ति र विकास निर्माणका लागि समयमै संविधान लेखन होस भनि नेपाल सरकार र संबिधान

सभा समक्ष अनुरोध गर्दछ ।

११) आगामी वर्ष२०११ को एन आर एन तेश्रो युरोप स्तरीय महिला सम्मेलनको आयोजक जर्मनी हुनेछ ।

अन्तमा

एन आर एन केन्द्रिय विधानको मुल मर्म र उद्देश्य पुरा गर्न नियमित कार्यक्रम तथा गतिविधिलाइ निरन्तरता दिदै आजकेा यो सम्मेलनबाट पारित उपरोक्त बुँदाहरु कार्यान्वयमा हामी एन आर एन युरोप कटिबद्ध भएको घोषणा सहित र्सव सम्मतले यो घोषणा पत्र जारी गरेका छौ. ।

दोश्रो एन आर एन युरोप क्षेत्रीय महिला सम्मेलन ।

Image
Image
Image

    प्रिन्ट गर्नुहोस्     साथीलाई ईमेल गर्नुहोस्     पाठक प्रतिक्रिया

प्रवासी समाचार

» पर्वत प्रवासी समाजको अफिसियल ब्लग हाललाई बन्द गरिएको सूचना [ 2010-08-19 05:32:42 ]
» विश्व साइकल यात्राको क्रममा ५४ वर्षीय बुढाथोकी जर्मनीमा [ 2010-08-19 05:31:17 ]
» कुवैतमा नेपाली महिलाले साततला माथिबाट बच्चा हुत्याई हत्या गरिन [ 2010-08-19 05:29:45 ]
» १६ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न [ 2010-08-17 05:58:14 ]
» दक्षिण कोरियामा कोरियाको हालसालै परिवर्तन भएको अप्रवासी कानुन सम्बन्धि प्रशिक्षण सम्पन्न । [ 2010-08-04 06:13:37 ]
» कोरियामा लखन थापा स्मृति कप मैत्रिपूर्ण भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न [ 2010-08-04 06:11:23 ]
» गैर-आवासीय नेपाली संघ युरोपीयन समन्वय समितिको चौथो बैठक सम्पन्न [ 2010-08-04 06:08:59 ]
» सिहुङ् सिटि दक्षिण कोरियाले समर क्याम्प जान आव्हान । [ 2010-07-31 22:54:22 ]
» हङकङमा कवियत्री केवल गंगा गुरुङको कविता संग्रह विमोचित [ 2010-07-25 01:36:06 ]
» ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्धारा भेटघाट तथा परिचायत्मक कार्यक्रम गर्ने । [ 2010-07-23 05:32:38 ]
» नेपाल बौद्ध परिवार दक्षिण कोरियाको प्रेस विज्ञप्ति तथा आपत्ति । [ 2010-07-23 05:31:16 ]
» लखन थापा स्मृति कपको लागि स्याङ्गजाबाट दुई टिम भिड्ने [ 2010-07-20 08:44:04 ]
» तमू धीं गणतन्त्र कोरियाद्वारा नव आगन्तुक तमूहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न [ 2010-07-20 08:41:58 ]
» युएई प्रवासले सम्झियो भानुभक्त ईश्वर बल्लभ र कृष्ण चन्द्रलाई [ 2010-07-20 08:39:39 ]
» कोरियाबासी नेपालीहरुलाई कोरियाको कानून बुझ्ने सुवर्ण अवसर । [ 2010-07-18 06:17:50 ]
» नेपालमा रोजगारमुलक कार्य सन्चालनको सहयोगार्थ जापानमा सामुद्रिक जलक्रिदा भ्रमण हुने । [ 2010-07-15 06:12:06 ]
» दक्षिण कोरियामा नेपाल डे कार्यक्रम भव्य रुपमा सम्पन्न । [ 2010-07-13 06:12:56 ]
» नेपाली दूतावास द कोरियाको सूचना [ 2010-07-07 05:42:03 ]
» नेपाल मगर संघ गणतन्त्र कोरियाले शहिद लखन थापा स्मृति कप भलिवल प्रतियोगिताको आयोजना गर्ने [ 2010-07-05 05:26:07 ]
» तमू धीं गणतन्त्र कोरियाका सम्पूर्ण तमूहरुलाई उपस्थित हुन आग्रह [ 2010-06-28 02:56:20 ]

 

Ads

Ads

Ads

Ads

Ads

Ads

मत सर्वेक्षण
 Q: संविधान सभाको म्याद थप गरे पश्यात पनि संविधान समयमा नै बनाउछन होला ?
बन्दैन ।
बन्छ ।
भन्न सक्दिन ।


मनोरञ्जन
क्यामज्जा ड्ट् कम्
मेरो सिनेमा
परिचय डटकम
फुर्सद डटकम
फिल्म नेपाल
ई-विवाह
नेपाली गितहरु
हिन्दी फिल्महरु
नेपाली ई कार्ड
क्यानाडानेपाल
फिल्मी खबर
डामाडोल डट कम
नेपाली टेउब
उपयोगि लिंक्सहरु
एस एल सि रिजल्ट
रोमनबाट युनिकोड
एन.आर.एन. होमपेज
मदन पुरस्कार पुस्तकालय
ई.सं. र वि.सं. मिति रुपान्तरण
नेपाल कविता.कम्
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली युनिकोड गुगल
प्रिती बाट युनिकोड
नेपाली यूनिकोड
द:कोरियाका लिंकहरु
बुटवल परिवार
एन आर एन कोरिया
माईग्रन्टस ईन कोरिया
नेपाली कोरिया डट कम
म्याग्दि समाज कोरिया
नेपाल कोरिया सास्कृतिक मन्च
तमू धीं गणतन्त्र कोरिया
नेपाली दुताबस कोरिया
नेपाल बिद्यार्थी समाज
पत्रकार महासंघ द कोरिया
थसेस कोरिया
रुपन्देही सम्पर्क समिति
विचार/विमर्श प्रमुख समाचारहरु अन्तर्वाता साहित्य प्रवासी समाचार ब्यक्ती / ब्यक्तित्व मनोरञ्जन स्वास्थ्य र बिज्ञान 
०१ - ०६ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
१०८६७३७२
सर्वाधिक अधिकार एस् के नेपाल डट ओ आर जीमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
 
sknepal   sknepal