मगर संघ बहराइनले आयोजना गरेको भाग्यशाली चिठ्ठाको नतीजा प्रकाशित सन्तोष दाहाल बहराइन
बुघबार,मार्च ,१०,२०१०
|
मगर संघ बहराइनले आयोजना गरेको भाग्यशाली चिठ्ठाको नतीजा यही मिति ०५ मार्च २०१० का दिन नेपाली क्लब बहराइनको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रकाशीत गरेको छ । मगर संघ बहराइनका अध्यक्ष तथा यस भाग्यशाली चिठ्ठाका संयोजक श्री काजी थापा सभापतिमा र नेपाली क्लब बहराइनका अध्यक्ष श्री दुर्गा गिरी प्रमुख आतिथीमा रहनु भएको थियो भने बहराइन स्थित बिभिन्न संघ संस्थाका प्रतिनीधि अतिथीको रुपमा रहनु भएको थियो । उपस्थित सबैको माझमा प्रकाशित गरीएको यो चिठ्ठाको नतीजा पुर्ण बिश्वासीलो थियो । भने उपहार बिजेताहरु क्रमश हुनुहन्छ प्रथम पुरस्कार बिजेता श्री थमन कुमार नाइसा टिकट नं ०७१८ भने उहाँले सोनी डि भी डि हाईफाई होमथेटर पाउनु भएको छ । दोस्रो पुरस्कार बिजेता श्री सन्त बहादुर सुनवार टिकट नं ०७२२ हुनुहुन्छ भने उहाँले सोनी टीभी २१ इन्च सबउफर सिस्टम प्राप्त गर्नु भएको छ । तेस्रो पुरस्कार बिजेता श्री किरण मगर टिकट नं ००७० हुनुहुन्छ भने उहाँले सोनी डिजीटल क्यामरा प्राप्त गर्नु भएको छ भने सान्तवना स्वरुप ओरियन पोर्तबल डि।भी।डि। प्लेयर जम्मा चार जनाले पाउनु भएको थियो उहाँहरु हुनुहुन्छ क्रमश श्री छबी लाल टिकट नं ०६४५ श्री राजेश पुन टिकट नं ००१९ श्री अब्राहम टिकट नं ०६१४ र श्री महमद रोज टिकट नं ००९० र उहाँहरु सबैलाई यस कार्यक्रमका सभापति श्री काजी थापाले यस हार्दिक बधाई दिनु भएको थियो । |