तमु समाज बहराइनको चौथो महाधिवेशनबहराइन - सन्तोष दाहाल
सोमबार,मार्च ,१५,२०१०
 |
सन २००२ मा बहराइनमा स्थापना भएको यस तमु समाजले नेपाली क्लब बहराइनको सभा हलमा १२ मार्च २०१० मा दिन आफ्नो चौथौ महाधिवेशन सम्पन्न गरेको छ । नेपाली क्लब बहराइनमा दर्ता भएको यस समाजले बहराइनमा गुरुङ्ग जातीलाई मात्र नभएर सबै नेपालीहरुलाई आर्थिक तथा समाजिक सहयोग गरीरहेको छ भने बहराइनमा कार्यरत सबै गुरुङ्गलाई समेटी आफ्नो धर्म कला संस्कृती कायम राख्न उत्प्रेरणा जगाउने बिभिन्न प्रकारका कार्यक्रमहरु जस्तौ बुद्ध जयन्ती तथा ल्होसार आदी कार्यक्रमहरु मनाईरहेको छ । यस महाधिवेशनका सभापति यस समाजका अध्यक्ष श्री दिपक गुरुङ्गले गर्नु भएको थियो । प्रमुख अतिथि यस समाजका प्रमुख सल्लाहकार श्री पुर्ण बहादुर गुरुङ्ग हुनुहुन्थ्यो भने बिषेश अतिथी यस समाजका संस्थापक अध्यक्ष तथा नेपाली क्लबका मार्नाथ श्री गम बहादुर गुरुङ्ग हुनहुन्थ्यो भने बहराइन स्थित बिभिन्न संस्थाका प्रतिनिधीहरु अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथीले पानसमा बती बालेर यो महाधिवेशन उद्दघाटन गर्नु भएको थियो । पदम सुन्दर तमुले साचालन गर्नु भएको यस सभामा नेपाली क्लबका उपाध्यक्ष श्री नरेन्द्र चाम्लीङ्गले तमु समाजले बहराइनमा गरेको कार्यको प्रसंशा गर्नु भयो । यस समाजका भुतपूर्व अध्यक्ष श्री दिपक गुरुङ्गले आफ्नो दुई वर्षे कार्यकालको कार्य विवरण प्रस्तुत गर्नु भएको थियो । भने यस समाजका कोषाध्यक्ष कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्नु भएकोले अध्यक्ष ज्युले नै आय व्याय पढेर सुनाउनु भएको थियो । यो समाजमा हाल व्यालेन्स २४५४ बहराइन डीनार रहेको कुरा जानकारी दिनु भयो । र आफुले साचालन गर्दै आएको कार्य समिति बिघटन गरेको घोषण गर्नु भयो । यस सभाका निर्वाचन संयोजक श्री के।बी। गुरुङ्ग हुनुहुन्थ्यो । र निवाचन संयोजकले १० मीनेट भित्र नयाँ कार्यकारीणी समितिमा आउन ईच्छुक तमुहरुले नोमीनेसन फर्म भर्न आग्रह गर्नु भएको थियो । भने सोही आग्रह अनुसार बिभिन्न व्यक्तिहरुले फर्म भरेर निवाचन संयोजकलाई बुझाउनु भएको थियो र कुनै पनि एक पदमा दुई जनाले दाबी नगरेका कारण सबै जना निर्बीरोध निर्वाचित हुनु भएको छ । जसमा भुतपूर्व अध्यक्ष श्री दिपक गुरुङ्ग यसपाली पनि अध्यक्षमा निर्बीरोध निर्वाचित हुनु भएको छ भने उपाध्यक्ष श्री ज्ञानेन्द्र तमू महासचिव श्री पदम सुन्दर तमू सचिव दिपक तमू बाट्स्को कोषाध्यक्ष अर्थ तमू सह-कोषाध्यक्ष प्रकाश चन्द्र तमू व्यवस्थापक सचिव शंकरमान तमू व्यवस्थापक सह-सचिव धिराज तमू साँस्कृतिक सचिव राम तमू साँस्कृतिक सह-सचिव अमृत तमू र खेलकुद सचिव किशोर तमू हुनुहन्छ ।
|